थाई एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २६ अक्टोबरदेखि उडान गर्ने


बुटवल । थाई एयर एसियाले अक्टोबर २६ देखि गौतमबुद्ध विमानस्थल भैरहवाबाट उडान सुरु गर्ने भएको छ ।

६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले हप्ताको दुई उडान गर्ने गरी अनुमति लिएको हो ।

भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको छ ।

यस्तै, जजिराले तिहार पछि उडान शुरु गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गत अप्रिलमा भैरहवाबाट चारवटा विदेशी विमान कम्पनीले उडान गरेका थिए । एक महिनासम्म विमानस्थलबाट सातामा २० वटा सम्म उडान भएका थिए ।

गत अप्रिलदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान अघिको ५ महिनामा २ सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेका थिए । त्यसयता केही चार्टर उडानहरु मात्रै भएका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।