उत्तरपुस्तिका जलेपछि पुन: परीक्षा सञ्चालन गर्दै त्रिवि


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा रद्ध गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेक बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो ।

तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ ।

वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गते देखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

२२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिकाहरु सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । आन्दोलनमा चौकी जलाएपछि उत्तरपुस्तिका जलेका हुन् ।

 

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।