काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । गत शुक्रबार घटेको सुन आइतबार फेरि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०१७।१८ अमेरिकी डलर र चाँदी ५०।०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया