नबिल इन्भेष्टमेन्ट बैंकिङको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीक अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु शेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौँमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउँने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार रुपैयाँप्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।