एनसीसी बैंक र गुहेश्वरी मर्चेण्टको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स र नेपाल क्रेडिट एण्ड कर्मश बैंकको बोनस शेयर पश्चात मंगलबार मूल्य समायोजन भएको हो ।

नेप्सेमा एनसीसी बैंकको १०.२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३२४ रुपैयाँ तोकेको छ । बैंकको सोमबार प्रतिकित्ता ३५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोमबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

यसैगरी गुहेश्वरी मर्चेण्टको १९३ रुपैयाँ शेयरमूल्य समायोजन भएको छ । फाइनान्सको ८ प्रतिशत बोनस शेयर पश्चात मूल्य समोजन भएको हो । फाइनान्सको सोमबार २०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।