सुनको मूल्य २ लाख ४० हजार नाघ्यो


काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर २ लाख ४० हजार माथि पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । आइतबार प्रतितोला चाँदी ३ हजार १२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०७७.३ अमेरिकी डलर र चाँदी ५१.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।