गरिमा विकास बैंकको लाभांश घोषणा


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले चुत्ता पूँजीको ६ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।