घट्दो बजारमा पनि यी कम्पनीको शेयरमा लगानी गरेकाले कमाए

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से लगातार दोस्रो दिन ऋणात्मक भएपनि मंगलबारको बजारमा ७ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट नजिक बढेको छ । धेरै शेयरमूल्य बढ्ने कम्पनीमा धेरै जलविद्युत उपसमुहमा सूचीकृत कम्पनी अगाडि देखिएका छन् ।

मंगलबार जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमा लगानी गनेृ लगानीकर्ताले कमाएका हुन् । ७ वटै कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

यसैगरी आइतबारदेखि कारोबार खुलको प्रभु लाइफकाके ८.९७ प्रतिशत, गणपति माइक्रोफाइनान्सको ८.५९ प्रतिशत, र माउन्टेन हाइड्रोपावरको शेयरमूल्य ८.२४ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-01-05 15:00:00
JSLBB 1,981.00 180.00 9.99
NABBC 523.00 47.00 9.87
HDHPC 134.00 12.00 9.84
RHPC 159.00 14.00 9.66
JOSHI 117.00 10.00 9.35
AKJCL 130.00 11.00 9.24
GHL 119.00 10.00 9.17
PLI 158.00 13.00 8.97
GMFBS 1,112.00 88.00 8.59
MHNL 197.00 15.00 8.24

आजको बजारमा साल्ट ट्रेडिङ्गको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ६.१६ प्रतिशत अर्थात ४२५ रुपैयाँले गुमाएका छन् । कम्पनीको शेयरमूल्य ६ हजार ४७० मा झरेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक, हिमालयन डिष्टिलरी, बिशाल बजार कम्पनिी, नेशनल माइक्रोफाइनान्स लगायत उच्च शेयरमूल्य हुने कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले पनि मंगलबारको बजारबाट गुमाएका छन् ।

आईसीएफसी फाइनान्स, विजय लघुवित्त, साधना लघुवित्त, सोल्टी होटल र युनाइटेड फाइनान्स शीर्ष शेयरमूल्य घट्ने दश कम्पनीमा समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-01-05 15:00:00
STC 6,470.00 -425.00 -6.16
RBCLPO 13,800.00 -500.00 -3.50
HDL 3,744.00 -106.00 -2.75
BBC 2,775.00 -75.00 -2.63
NMFBS 2,231.00 -59.00 -2.58
ICFC 261.00 -6.00 -2.25
VLBS 1,056.00 -24.00 -2.22
SDLBSL 1,022.00 -23.00 -2.20
SHL 192.00 -4.00 -2.04
UFL 244.00 -5.00 -2.0

आज कुल २०६ कम्पनीको शेयर कारोबारमा आएकोमा ११० कम्पनीको शेयरमूल्य बढेको छ भने ८४ कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।