शेयर बजारबारे अनावश्यक हल्ला फैलाउनेलाई कारबाही गर्ने संयन्त्र गठनको माग

0
Shares

स्टक ब्रोकर एशोसिएसन नेपालले सामाजिक संञ्जाल मार्फत शेयर बजारबारे अनावश्यक हल्ला फैलाउने प्रवृति निरुत्साहित गर्न तथा कारबाहीको सिफारिस गर्नका लागि स्थायी खालको संयन्त्र निमार्ण गर्न सरकारसँग माग गरेको छ ।

शेयर दलाल व्यवसायीहरुको संस्थाले मंगलबार अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई पत्रचार गर्दै सामाजिक सञ्जालमा धितोपत्र बजारका बारेमा अनावश्यक हल्ला फैलाउने तर्साउने, गाली गलोज गर्ने र निक्कै निम्नस्तको शब्द प्रयोग गर्ने तथा विभिन्न कम्पनीको बारेमा अनावश्यक हल्ला फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

हाल धितोपत्र बजारको विस्तार आम जनसरोकारको बिषय बन्दै जानु सुखद पक्ष भएको बताउँदै विभिन्न सामाजिक संञ्जालमा विभिन्न कोणबाट आएका विचारलाई सामान्य रुपमा लिनुपर्ने एशोसिएसनको भनाई छ । तर आजभोलि आफ्नो नामबाट भन्दा पनि काल्पनिक, परिचय नखुल्ने, नाम, बेनामि, फर्जिनाम वा असम्बन्धित नामबाट सामाजिक संजालमा धितोपत्र बजारका अनावश्यक हल्ला फैलाउने, निक्कै निम्नस्तरको शब्द प्रयोग गर्नेतर्फ गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा विभिन्न कम्पनीको बारेमा अनावश्यक हल्ला फैलाउने र आम लगानीकर्ताको लगानीको तथ्य र सूचनालाई गलत तरिकारले प्रकाशन र प्रशारण गरी साधारण लगानीकर्तामा दिग भ्रमित फैलाउने प्रवृति निक्कै मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको हो।

सामाजिक संञ्जालमा गरिने यस्ता गैर कानुननी कार्यको निरुपरोण गर्न नेपाल सरकारले साइबारक्राइम ऐन २०६३ लागू गरेको पनि छ । र त्यस्तो कार्यको नजिकको प्रहरी कार्यालयमा उजुरी दिएमा कानुनी कारबाही हुने प्रावधान पनि रहेको जनाउँदै शेयर बजारबारे अनावश्यक हल्ला फैलाउने प्रवृति निरुत्साहित गर्न तथा कारबाहीको सिफारिस गर्नका लागि स्थायी खालको संयन्त्र निमार्ण गर्न सरकारसँग माग गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  १७ : ५७ बजे