नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले माघ ९ गते शुक्रबार तेइसौँ साधारण सभा आह्वान गरेको छ ।
बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको ८२२ औँ बैठकले बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौं बिहान १० बजे सभा आह्वान गरेको हो ।
कोरोना जोखिम अझै पनि रहेकाले भर्चुअल माध्यमबाट सभा सञ्चालन गरिने बैंकले जनाएको छ ।
सभामा बैंकले आ.व २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई चुक्त पूँजीको १०.२६९५ प्रतिशत बोनस शेयर र ०.५४०५ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।
साधारण सभा प्रयाजनका लागि बैंकले पुस २१ गते मंगलबार बुकक्लोज मिति गरिसकेको छ । तसर्थ पुस २० गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउन र सभामा उपस्थित हुन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया