तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनालाई अब चाँदीको बिस्कुट


काठमाडौँ । नेपालको अग्रणी अनलाइन बस ण्तथा हवाइ टिकट बुकिङ गर्ने संस्था बससेवाले तिहार र छठ पर्वलाई लक्षित गरी अभियान घोषणा गरेको छ । तिहार र छठ पर्वभर बससेवामार्फत टिकट काट्ने यात्रुहरूमध्ये ३० जनालाई चाँदीको बिस्कुट, दुईजनालाई भिभो कम्पनीको मोबाइल फोन दिन लागेको हो ।

कम्पनीका अनुसार २९ भदौदेखि १४ कार्तिकसम्म यो अभियान रहन्छ ।

यस्तै, उपहार कार्यक्रमअन्तर्गत नै ५० जना यात्रुले दुई हजार बराबरको लत्ताकपडा किनमेलको कुपन पाइका छन् भने एक सयजनाले फ्रि–टिकट जितेका छन् । विजेताहरूको नाम सूची बससेवा को वेबसाइट, मोबाइल एप र आधिकारिक एप मा हेर्न सकिन्छ।

नेपालमा यात्रा बुकिङको लागि बससेवा लोकप्रिय हुँदै गएको प्लेटफर्म हो। बस, हवाइ उडान वा होटल रुम—सबै कुरा अब एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ। ग्राहक सहयोग पनि राम्रो छ हरेक दिन राति १० बजेसम्म सहायता उपलब्ध हुन्छ। सबै सेवामा क्यासब्याक र प्रोमो कोड जस्ता अफरहरू पनि पाइन्छन्।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  १७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।