गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन

पुनः सञ्चालनका लागि तयारी तीव्र


काठमाडौँ । शिवराज–६, कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा लि मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अगाडि बढेको छ।

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईकै नेतृत्वमा यो नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो।

चौलागाईसँगै हाल अमेरिकामा १५ बर्ष देखि निर्माण र अन्य विभिन्न व्यवसायमा संलग्न रहेका एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न पेशा र व्यवसायमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य थालेका छन्।

विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित कार्ययोजना अघि बढाइएको कम्पनीका अध्यक्ष चौलागाईले बताए । उनका अनुसार कम्पनीले निकट भविष्यमा “विनायक”, “गणपति” लगायतका नँया सिमेन्टको ब्रान्ड उत्पादन गरी नेपालको प्रमुख–प्रमुख शहरहरूमा बजार विस्तार गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।