आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था (ACLBSL) ले यसअघि असोज ९ गते गरेको मर्जर सम्झौता भङ्ग भएसँगै पुस १३ गते अन्य दुई लघुवित्तसँग प्राप्ती गर्ने सम्झौता गरेको छ ।
गत असोजमा लघुवित्त तथा सिवाईसी र शालिग्रामसँग मर्जर सम्झौता गरेको आरम्भ चौतारीले थप संस्था मर्जरमा सामेल गराउने विषयमा मतभेद भएपछि अन्य दुई लघुवित्त प्राप्ती गर्ने सम्झौता गरेको हो ।
मर्जर भङ्गसम्गै लघुवित्तले वाग्मती प्रदेश कार्यक्षेत्र भई बनेपामा केन्द्रीय कार्यालय रहेको बिपिडब्लु लघुवित्त र लुम्बिनी प्रदशे कार्यक्षेत्र भई बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
हाल आरम्भ चौतारी लघुवित्तको चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको छ । विपिडब्लु लघुवित्तको २ करोड ३ लाख र देउराली लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । यसो हुँदा तीन लघुवित्तको चुक्ता पूँजी ३० करोड ७७ लाख ४८ हजार रुपैयाँ देखिन्छ ।
अन्य दुई लघुवित्तलाई चौतारीले १०० बराबर ९५ कित्ता शेयर अनुपातमा प्राप्ती गर्ने प्रारम्भिक समझदारी भएको छ । डिडिए रिर्पोटबाट आउने खुद सम्पत्तिको आधारमा १० प्रतिशतसम्म तलमाथि गर्न सकनिे सहमति छ । यस्तै चौतारी लघुवित्तको आव २०७६/७७ बाट वितरण हुने लाभांश पश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्ने सहमति लघुवित्तबीच भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया