
बोटलर्स नेपाल (बालाजु) र सानिमा माई हाइड्रोपावर कम्पनीले आज (पुस २३ गते, बिहीबार) वार्षिक साधारण सभा सम्पन्न गर्दैछन् ।
बोटलर्स नेपाल (बालाजु) ले कम्पनीको रजिष्टर्ड कार्यालय, बालाजु औद्योगिक क्षेत्र, बालाजु, काठमाडौंमा दिउँसो १ बजे र सानिमा माई हाइड्रोपावर कम्पनीले अकामा होटेल, काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेका हुन् ।
बोटलर्स नेपाल (बालाजु) को कार्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बयालिसौँ वार्षिक साधारण आह्वान गरेको थियो।
गत आवको नाफाबाट कुनैपनि लाभांश वितरण नगरेको कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
यसैगरी सानिमा माई हाइड्रोपावर को मंसिर १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गराउन पुस २३ गते नवौँ वार्षिक साधारण बोलाउने निर्णय गरेको थियो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १३ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
कोरोना संक्रमणका कारण दुबै कम्पनीले भर्चुअल माध्यमबाट साधारण सभा बोलाएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया