ज्योति लाईफको ‘ज्योति ईजी पे जीवन बीमा योजना’ बिक्री सुरु

0
Shares

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी ज्योति ईजी पे जीवन बीमा योजनाको सुरुवात गरेको छ । नयाँ फिचर र सुविधा सहितको यस योजनाको बुधबारदेखि सुरु गरिएको हो ।

कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले उक्त योजनाको उद्घाटन भएको थियो ।

नयाँ बीमा योजना सार्वजनिक गर्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै यस योजनामा प्रथम बीमाशुल्कपछि कम मात्र बीमाशुल्क भुक्तानी गर्न मिल्ने बताए । यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै बीमितलाई राम्रो प्रतिफल पनि प्रदान गर्ने उनको भनाई थियो ।

यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्षदेखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यवस्था गरिएको छ ।

नयाँ जीवन बीमा कम्पनी रुपमा स्थापित कम्पनी आईएसओ ९००१ः २०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त कम्पनीले हो । कम्पनीले सर्वसाधारणको लागि चाँडै नै ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर गर्ने निष्कासन गर्ने तयारीमा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।