नागरिक लागानी कोषको स्वामित्वमा रहेको सि.बि.आई.एल क्यापिटलको संस्थापक शेयर बिक्री खुला गरिएको छ ।
कोषले सि.बि.आई.एल क्यापिटलको ७५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
लागानी कोषले शेयरको न्यूनतम मूल्य १२२ रुपैयाँ तोकेको छ ।
शेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति वा कम्पनी, संघ संस्थाहरुले माघ २८ गते ४ बजेभित्र आवेदन दिन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया