शनिबार पनि बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन काउन्टर खोल्न निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी शनिबार पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो।

करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी पुस २५ गते शनिबार पनि बैंक शाखा/काउण्टर एवं क्लियरिङ खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।