नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले जारी गर्ने शतप्रतिशत (एक बराबर एक अनुपातको) हकप्रद शेयर पुस २८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र पाउने भएका छन् ।
बैंकले हकप्रद निष्काश्न र १९ औँ वर्षिक साधारण सभा प्रयोजनका लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभा.श पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई १ः१ को अनुपातमा पुस २० गते प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो ।
हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । आगमी साधारण सभामा बैंकले शतप्रतिशत हकप्रदपछि पुनः थप २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट हकप्रदमाथि थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया