अपि पावरको हकप्रद लिलामीमा नपाउनेलाई २७ गतेदेखि पैसा फिर्ता हुने

0
Shares

अपि पावर कम्पनी (API) को लिलामीको हकप्रद नपाउने लगानीकर्ताको यहि पुस २७ गते सोमबारदेखि रकम फिर्ता हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनी सञ्चालक समितिमा पुस २३ गते पेश गरेको र बोलपत्रमा नपरेको बोलपत्रवालाहरुको हकमा भने पुस २७ गतेदेखि बोलपत्र फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता हुने जनाएको छ ।

क्यापिटलले पुस ६ गतेदेखि १३ गतेसम्म १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको थियो भने उक्त शिलबन्दी बोलपत्र पुस १९ गते बोलपत्रदाताहरुको रोहबरमा खुला भएको थियो ।

क्यापिटलले लिलामी शेयर बाँडफाँडमा परेका शेयरधनीलाई भने उक्त हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भएपश्चात बोलपत्र फारममा उल्लेख गरेको हितग्राही खातामा जम्मा गरिने जनाइएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको लिलामी शेयरमा कुल १ हजार ३७९ आवेदन परेका थिए । अपि पावर कम्पनीले १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलामीबाट बिक्री गरेको थियो ।

क्यापिटलका अनुसार अपिको लिलामी शेयरको कटअफ मूल्य २०२ रुपैयाँ कायम भएको छ । लिलामीमा अधिकतम २३० रुपैयाँको कबोल सहित आवेदन परेको थियो । अपिले हकप्रद निष्काशन गर्दा बिक्री नभएको १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलामीबाट बिक्री गरेको हो ।

कम्पनीले कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री गरिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।