तानसेन । पाल्पाको रैनादेवीछहरा–४ मा इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिकाको वडा–४, छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभन्ञ्याङ्ग नजिकै इभी भ्यान बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी इभी भ्यानका चालक रैनादेवी छहरा–४ का कमल रायमाझी, रैनादेवी छहरा–१, सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र वडा नं।–४, मेहलढापका रामबहादुर गाहा रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।












प्रतिक्रिया