काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । यो साता लागेसँगै लगातार ओरालो लागेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । सुनको उक्त मूल्य बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
यता, आज बिहीबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९७२.२८ अमेरिकी डलर र चाँदी ४७.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया