‘ह्वाइटआउट’ अवस्थामा हेलिकप्टर उडाउन नपाइने


काठमाडौं । ‘ह्वाइटआउट’ अवस्था र कुहिरो लागेको मौसममा व्यावसायिक हेलिकप्टर उडान गर्न नपाइने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ ‘सर्कुलर’ जारी गरेको छ ।

प्राधिकरणले सबै हेलिकप्टर कम्पनीका नाममा बिहीबार सर्कुलर जारी गर्दै हिउँका कारण हेलिप्याड ढाकिने गरी उत्पन्न हुने ‘ह्वाइटआउट’ अवस्था र कुहिरोको समयमा हेलिकप्टर उडाउन नपाउने नियम ल्याएको हो।

हेलिकप्टरको खुट्टा (ल्यान्डिङ प्लेट) मा नचिप्लिने वस्तु (बियर पज) जडान गरी सुरक्षित बनाउन समेत प्राधिकरणले सबै कम्पनीलाई भनेको छ ।

उचाइमा व्यावसायिक उडान हुने स्थानमा ‘मार्सलर’ राखेर उडानरअवतरण गराउन समेत प्राधिकरणले भनेको छ । बुधबार अल्टिच्युड एयरको ‘एन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  ०६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।