काठमाडौँका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम


काठमाडौँ । अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन निर्देशन दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी जग्गा खाली गराउन सात दिने अल्टिमेटम दिएको हो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गर्दै आएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  ०८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।