निरन्तर ओरालो लागेको सुनको मूल्य आज बढ्यो, एकैदिन २ हजार ७०० रुपैयाँ वृद्धि


काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । यो साता लागेसँगै लगातार ओरालो लागेको सुनको मूल्य आज साताको अन्तिम कारोबारको दिन एकै दिन २ हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँका कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९८.२२ अमेरिकी डलर र चाँदी ४८.८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।