आरम्भ चौतारी लघुवित्तको शेयरमा उच्च खरीद चाप, बिक्रीकर्ता शुन्य

0
Shares

दुई लघुवित्तसँगको मर्जर सम्झौता गरी अर्को दुई लघुवित्तलाई प्राप्ती गर्ने सम्झौतापछि आइतबारदेखि शेयर कारोबार खुलेको आरम्भ चौतारी लघुवित्तको शेयर खरीदमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

लघुवित्तको आइतबार प्रतिकित्ता ७३८ रुपैयाँमा शेयर कारोबार खुला भएकोमा पहिलो कारोबार नै ७५२ रुपैयाँमा भएको थियो । पहिलो कारोबार नै २ प्रतिशतमाथिबाट कारोबार सुरु भएको लघुवित्तको आधा घण्टा अगावै पाँचौं कारोबारमा नै सकारात्मक सर्किट लागेको थियो । लघुवित्तको शेयरमूल्य ७३ रुपैयाँ बढेर ८११ रुपैयाँ पुगेको छ ।

कारोबारको एक घण्टा अवधिमा लघुवित्तको सर्किट मूल्य अर्थात ८११ रुपैयाँमा ५०१ खरीद अर्डर मार्फत १ लाख ६९ हजार ४८१ कित्ताको माग देखिएको छ । लघुवित्तको कुल ५८८ वटा अर्डर मार्फत २ लाख ५३ हजार ६४४ कित्ताको खरीद माग नेप्सेमो ट्रेड म्यानेजमेन्ट सिस्टमा देखिएको छ । आजैबाट कारोबार खुलेको लघुवित्तको बिक्री अर्डर शुन्य रहेको छ । सर्किट मूल्यमा शेयर खरीद गर्न खोज्दा समेत लघुवित्तको शेयर पाउने अवस्था छैन ।

हालसम्म लघुवित्तको २०० कित्ता शेयर १ लाख ६८ हजार ७१० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेले नयाँ उचाई बनाएसँगै लघुवित्त साढे तीन महिना बन्द रहेर आइतबारदेखि लघुवित्तको शेयर कारोबार खुलेकाले यो लघुवित्तको शेयरमूल्य अझ बढ्ने आशामा लगानीकर्ताको आकर्षण यस लघुवित्तमा उच्च देखिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७७, आइतबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।