काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र नेपालको एक प्रमुख तथा विश्वसनीय निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजना “सहारा हेल्थ इन्स्योरेन्स” सार्वजनिक गरिएको छ। यस बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्नु हो। यो योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकहरूका लागि उपलब्ध हुनेछ।
सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत, बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण देखि दुर्घटना उपचारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नेछन्।
यो बीमा योजना २ लाख रुपैयाँ, ३ लाख रुपैयाँ र ६ लाख रुपैयाँ बीमांकका विकल्पहरूमा उपलब्ध छ, र यसको प्रारम्भिक प्रिमियम मात्र १ हजार ३ सय ९९ रुपैयाँ बाट सुरु हुन्छ।
त्यसैगरी, बीमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पनि प्राप्त गर्न सक्छन्। यसले आकस्मिक अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ। साथै, यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ। जसले बीमितलाई स्वास्थ्य सल्लाह लिन अझ सजिलो बनाउँछ।
यस योजनाको विशेष पक्ष भनेको, ग्राहकले इसेवा एप मार्फत केही मिनेटमै यो बीमा खरिद गर्न सक्नेछन् । जुन प्रक्रिया सहज, छरितो र पूर्ण रूपमा डिजिटल हुनेछ। केही सरल चरणहरू पूरा गरेपछि बीमा पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुन्छ।
यसको शुभारम्भ अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “सहारा हेल्थ इन्स्योरेन्सको सुरुवात बीमा डिजिटलाइजेशनको दिशामा अर्को महत्वपूर्ण कोशेढुङ्गा हो। यसले स्वास्थ्य बीमालाई अझ सुलभ, सरल र पहुँचयोग्य बनाउनेछ।”












प्रतिक्रिया