
शेयर बजार परिसूचक नेप्से हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ ।
अघिल्लो दिन बिहीबरको उच्च रेकर्ड तोड्दै पुस २६ गते आइतबार नेप्से ४१.२४ अंकले बढेर हालसम्मकै उच्च २२३५.७२ बिन्दुमा पुगेको हो । अघिल्लो दिन बिहीबार पनि नेप्से १५.९१ अंकले बढेर २१९४.४९ बिन्दुमा पुगेर उच्च रेकर्ड कायम गरेको थियो ।
साताको पहिलो कारोबार दिन आइतबारको बजारमा २०७ कम्पनीको एक करोड ५० लाख बढी कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँमा किनबेच भएको छ । गत बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका जीबन बीम बाहेक सबै उपसमुहका सूचक सकारात्मक रहेका छन् । यसदिन प्रभु बैंकको सबैभन्दा धेरै ४० करोड २९ लाख धेरै रकमको शेयर किनबेच भएको छ । कुमारी बैंक, पुनर्बीमा कम्पनी, नबिल बैंक, र प्राइम कमर्सियल बैंकको पनि २० करोड धेरैको शेयर खरीद बिक्री भएको छ ।
यसदिन प्रभु लाइफ, नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स, र कर्पोरेट डेभलपमेन्ट बैंक गरी ६ कम्पनीको शेयरमूल्य बढेर सकरात्मक सर्किट लागदा गत आवको नाफाबाट १३ प्रतिशत मात्र बोनस वितरण गर्ने घोषणा गरेको निर्धन उत्थान लघुवित्तको शेयरमुल्य ४ प्रतिशत धेरैले घटेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया