काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार सुन स्थिर रहँदा चाँदीको भाउ भने सामान्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
त्यसैगरी, सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २.०७ अमेरिकी डलर र चाँदी ४८.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया