सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमाणपत्र नवीकरण


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संयुक्त अधिराज्य (बेलायत) स्थित युनिसर्ट अन्तर्राष्ट्रिय मापदण्डिकरण तथा प्रमाणिकरण संस्था बाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय मापदण्ड सङ्गठन अन्तर्राष्ट्रिय विद्युत प्राविधिक आयोग २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ।

कम्पनीले गत महिनामा गराएको पुनःसम्परीक्षणमा कम्पनीको हरेक सूचनाको सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उचित व्यवस्थापन गरिएको पुष्टि भएपछि उक्त प्रमाणपत्र नवीकरण भएको हो। यस मानकले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामक व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सूचना सुरक्षा व्यवस्थापन प्रणाली को सम्परीक्षण नवीकरण गरेको हो।

नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो।

यस प्रमाणपत्रको नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रूपमा यसको पालना र अभ्यासहरूबाट आफ्नो सूचना सुरक्षा प्रणाली अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।