सुनको मूल्य सोमबार घट्यो

0
Shares


नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ८०० रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २३० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९३ हजार, तेजावी ९२ हजार ५०० रुपैयाँ र चाादी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
पुस २२ गते अर्थात गत हप्ताको बुधबार सुनको मूल्य यस महिनाकै उच्च मूल्यमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ पुस २०७७, सोमबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।