हुन्डाई इन्डियाले नयाँ पुस्ताको सन् २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य भारतीय रुपैयाँ ७.९० लाख (एक्स–शोरुम) राखिएको छ। नयाँ भेन्यु आठ भेरियन्ट र आठ रङ विकल्पहरूमा उपलब्ध छ, जसमा तीनवटा इन्जिन विकल्प छन् — १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल।
नयाँ भेन्युलाई आधुनिक एलईडी हेडलाइट, नयाँ ग्रिल, १७ इन्च डुअल–टोन एलोय ह्विल र कनेक्टेड एलईडी टेललाइट बारले आकर्षक बनाएको छ। भित्रको क्याबिनमा दुईवटा १२.३ इन्चका कर्भ्ड स्क्रिन, नयाँ ड्यासबोर्ड, भेन्टिलेटेड सिट, लेभल २ एडीएएस, ब्लुलिङ्क कनेक्टिभिटी र इलेक्ट्रिक सनरूफ जस्ता सुविधा छन्।
सन् २०२५ भेन्यु अब किया सोनेट, मारुति ब्रेज्जा, टाटा नेक्सन, स्कोडा काइल्याक, रेनो काइगर, निसान म्याग्नाइट र महिन्द्रा एक्सयूभी ३एक्सओसँग प्रत्यक्ष प्रतिस्पर्धामा आएको छ।












प्रतिक्रिया