तीन दर्जन बढी सूचीकृत सहित ६३ कम्पनीको आज एकैदिन साधारण सभा, के-के प्रस्ताव हुँदैछन् पारित ?

0
Shares

पुस २८, मंगलबार (आज) ३८ वटा सूचीकृत र २५ वटा सूचीकृत नरहेका (केही सूचकृत हुने प्रकृयामा रहेका समेत) गरी ६३ कम्पनीहरुले एकैदिन वार्षिक साधारण सभा सम्पन्न गर्ने भएका छन् ।

साधारण सभा सम्पन्न गर्ने सूचीकृत कम्पनीहरुमा हिमालयन डिष्टिलरी, नबिल बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, लक्ष्मी बैंक, बुटवल पावर कम्पनी, साना किसान लघुवित्त, छिमेक लघुवित्त, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स, वोमी लघुवित्त, स्पर्स लघुवित्त, लक्ष्मी लघुवित्त, युनाइटेड फाइनान्स, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स, मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, गुडविल फाइनान्स, ङादी गु्रप कम्पनी, रैराङ्ग हाइड्रोपावर, घोडीघोडा लघुवित्त, नेपाल रि इन्स्योरेन्स कम्पनी, गुराँस लघुवित्त, एचआईडिसीएल, पोखरा फाइनान्स, प्रोगेशिभ फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, विजय लघुवित्त, सोल्टी होटल रहेका छन् ।

यसैगरी नेप्सेमा सूचीकृत नरहेका चन्द्रागिरी हिल्स, तामाकोशी जलविद्युत कम्पनी, सिंगटी हाइड्रोपावर, ग्रामीण स्वयंम सेवक लघुवित्त, मानुषी लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, जीवन विकास लघुवित्त, नेस्डो समृद्धि लघुवित्त, श्रृजनशिल लघुवित्त, नागरिक स्टक डिलर कम्पनी, साहस उर्जा, आकाश क्यापिटल, नलगाड हाइड्रोपावर, आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग, एनएमबि क्यापिटल, नेपाल जलविद्युत प्रवद्र्धन तथा विकास कम्पनी, त्रिशुली जलविद्युत कम्पनी, हिमाल हाइड्रो एण्ड जनरल कन्ट्रक्शन, गज्र्याङ्ग उपत्यका हाइड्रोपावर, बाराही हाइड्रोपावर, सांग्रिला इनर्जी नेपाल, कुथली बुखरी स्मल हाइड्रोपावर, र त्रिशुल सेक्युरिटीज, नेपाल आयल निगम, नेपाल स्टक एक्सचेञ्ज छन् ।

यी सबै कम्पनीका साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेजी भएका मितिसम्म कायम लगानीकर्ताले उक्त साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै लाभांश प्रस्ताव गरेका कम्पनीहरुको लाभांश समेत पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।