
नारायणी डेभलपमेन्ट बैंक (NABBC) ले जारी गर्ने शतप्रतिशत (एक बराबर एक अनुपातको) हकप्रद शेयर पाउन मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्ने देखिएको छ ।
बैंकले हकप्रद निष्काशन तथा १९ औँ वर्षिक साधारण सभा प्रयोजनका लागि पुस २९ गते एक दिन बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
यसअनुसार फाइनान्सको हकप्रद पाउन शेयर किन्ने वा हकप्रद नभर्ने निर्णय गरी शेयर बिक्री गर्ने पुस २८ गते मंगलबार अन्तिम दिन रहेको छ । बैंकको शेयर मंगलबार प्रतिकित्ता ७२५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई १ः१ को अनुपातमा पुस २० गते प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो ।
हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । आगमी साधारण सभामा बैंकले शतप्रतिशत हकप्रदपछि पुनः थप २०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले अगामी वार्षिक साधारण सभाबाट हकप्रदमाथि थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया