सिभिल लघुवित्त (CLBSL) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ८६ लाख १८ हजार ६०९ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्त कम्पनी सञ्चालक समितिको पुस २९ गते सम्पन्न १६२ औं बैठकले चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँको ३.५० प्रतिशत बराबरको ८१ लाख ८७ हजार ६७९ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.१८४२ प्रतिशत बराबरको ४ लाख ३० हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

लघुवित्तले अघिल्लो आव २०७५/७६ बाट भने शेयरधनीलाई ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया