राष्ट्रिय बीमा संस्थानको लहानमा शाखा विस्तार

0
Shares

राष्ट्रिय बीमा संस्थान (RBS) ले जीवन बीमा सेवालाई देश व्यापी बनाउने क्रममा प्रदेश नं. २ को सिराहा जिल्लामा अवस्थित लहान बजारमा शाखा कार्यालय लहान स्थापना गरेको छ ।

सर्वसाधारणको जीवनमा अन्तरनिहित जोखिम न्यून गर्न र छरिएर रहेको वित्तीय श्रोतलाई उत्पादनशील क्रियाकलापमा प्रवाहित गर्न संस्थाले शाखा विस्तारको गतिलाई तिव्र बनाएको छ ।

संस्थानले शाखा विस्तारको शिलशिलामा मंगलबार लहान बजारमा शाखा कार्यालय उद्घाटन गरेको हो । लहान शाखाका प्रमुख बिजय कुमार ठाकुरको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले सम्बोधन गरेका थिए ।

त्यस क्षेत्रमा सक्रिय अभिकर्ता जवाहर लाल यादव र सुरेन्द्र यादवले आफ्ना भनाइहरु राखेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।