एक करोड ३५ लाख कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक करोड ३५ लाख ८४ हजार २५३ दशमलव ६७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १०.८५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

साधारण सभाबाट पारित बोनस शेयर सूचीकृत भएसँगै बैंकको उक्त बोनस शेयर धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सकिने भएको छ ।

बैंकको २० औंं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज मितिको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले उक्त बोनस शेयर पाउनेछन् ।

बैंकको मंसिर २९ गते सोमबार सम्पन्न २० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले आ.व. २०७६।०७७ बाट प्रस्ताव गरेको १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १५ गते शेयर दाखिला खारेजी गर्ने मिति तोकेको थियो । यसअनुसार मंसिर १४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने शेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

शेयरधनीहरुलाई बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  १५ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।