काठमाडौं । सेयर बजार परिसुचकमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ अंकमा पुगेको हो ।
कारोबारमा आएका ३२७ कम्पनी मध्ये ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सोमबार ४० हजार ५९१ पटकको कारोबारमा ८६ लाख ४७ हजार ८८९ कित्ता सेयरहरु ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँमा किनबेच भएका छन् ।
आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ कायम भएको थियो ।
सोमबार होटल तथा पर्यटन समूह १.६४ प्रतिशतले बढेको बजारमा व्यापार समूह ०.५५ प्रतिशतले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
सोमबार दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टीलरी, बुङगल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यता, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको बजारमा धौलागीरी लघुवित्तको सेयर मूल्य ५.६६ प्रतिशत, उपकार लघुवित्तको सेयर मूल्य ५.६३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्टक्चर ४८ करोड ८८ लाख ८८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा युनियन हाइड्रोपावर ४ लाख ९३ हजार ५४३ इकाईको कारोबार सहित अग्र स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पिपुल्स पावर १ हजार ८६ पटकको कारोबार सहित शीर्ष स्थानमा रहको छ ।
सोमबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४२ खर्ब ९१ अर्ब २६ करोड ९९ लाख ७७ हजार रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब २२ करोड ६८ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया