काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३१.९६ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६३ लाख पुगेको छ भने कुल आम्दानी २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २८.६१ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २६.९६ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.५६ गुणा रहेको छ।
चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको महाविपत्ती कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया