सेयर बजार परिसुचकमा सामान्य सुधार, कारोबार रकम ३ अर्बमा खुम्चियो


काठमाडौं । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५.१६ अंकमा पुगेको छ ।

मंगलबार ५५ हजार ६३२ पटकको कारोबारमा ७९ लाख ४७ हजार ५८ कित्ता सेयरहरु ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँमा किनबेच भएका छन् । कारोबारमा आएका ३२७ कम्पनीमध्ये १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँ कायम भएको थियो ।

मंगलबार जीवन बीमा समूह ७४.०२ अंकले बढेको बजारमा निर्जीवन बीमा समूह ५३.६३ अंक, जलविद्युत समूह २५.३७ अंक, व्यापार समूह २६.६५ अंकले र उत्पादन तथा प्रशोधन समूह २४.३८ अंकले बढेको छ ।

साइन रेसुङगा डेभेन्चर र बन्दीपुर केबलकारको सेयर मूल्यमा साकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी, सागर डिस्टीलरी र बुङगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा शाहस ऊर्जा ३५ करोड ५८ लाख ७१ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ५ लाख ३० हजार ९६५ इकाईको कारोबार सहित शाहस ऊर्जा नै अग्रस्थानमा कायम रहेको छ । कारोबार संख्याको आधारमा दरमखोला हाइड्रो इनर्जी १४ हजार ९३८ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

मंगलबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४२ खर्ब ९६ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । सोमबार कुल बजार पूँजीकरण ४२ खर्ब ९१ अर्ब २६ करोड ९९ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।