सोनापुर मिनरलले बुझायो पहिलो किस्ताबापत बिजुलीको बक्यौता


काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  ०८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।