सेयर बजार परिसुचकमा दोहोरो अंकको करेक्सन, उत्पादन समूह बाहेक सबै उपसुचक राताम्मे


काठमाडौं । सेयर बजार परिसुचकमा दोहोरो अंकको करेक्सन आएको छ । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४.५९ अंकमा पुगेको छ ।

बुधबार कारोबारमा आएका ३२१ कम्पनीका ८४ लाख ४ हजार ६१६ कित्ता सेयरहरु ६६ हजार ८२४ पटक किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५.१६ अंकमा पुग्दा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार उत्पादन तथा प्रशोधन समूह १६.९६ अंकले बढेको बजारमा अरु सबै उपसुचकमा गिरावट आएको छ । जीवन बीमा समूह सबैभन्दा बढी १२८.४१ अंकले घट्दा व्यापार समूह ९०.९४ अंकले घटेको छ । निर्जीवन बीमा समूह ५८.६८ अंकले, लघुवित्त समूह ३३.७६ अंकले, अन्य समूह ३१.१८ अंकले, जलविद्युत समूह २३.३७ अंकले, वित्त समूह १८.०८ अंकले, विकास बैंक समूह १६.२५ अंकले र होटल तथा पर्यटन समूह ११.६३ अंकले घटेको छ ।

समग्र बजार घटेपनि भुगोल इनर्जी र सागर डिस्टीलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुङ्गल हाइड्रो र बन्दीपुर केबल कारको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको बजारमा उपर सोलु हाइड्रको सेयर मूल्य ५.३१ प्रतिशतले बढेको छ ।

यता, दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ८.७२ प्रतिशतले घटेको छ । माबिलुङ इनर्जीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको बजारमा मेरो माइक्रो फाइनान्सको सेयर मूल्य ४.५७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एनआरएनए इन्फ्रास्टक्चर ४० करोड ३४ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा राडी विद्युत २ लाख ९४ हजार ७९६ इकाईको कारोबार सहिहत अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा माबिलुङ इनर्जी १२ हजार ४६३ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४२ खर्ब ७१ अर्ब २४ करोड ५ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४३ खर्ब ५ अर्ब ७६ करोड १९ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।