डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर


काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ ।

डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो जस्मा डाबर रेड पेस्ट र डावर हनि सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन्।

सम्झौतापछि बोल्दै डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘यो साझेदारीले नेपाल प्रिमियर लिगका शीर्ष टिममध्ये एक सुदूरपश्चिम रोयल्सलाई डाबर रेड पेस्ट – नेपालको नं १ टूथपेस्ट ब्रान्ड तथा डाबर हनी – विश्वको नं १ मह ब्रान्डसँग एकसाथ ल्याएको छ । हामी क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वासलाई मनाउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षा गर्दैछौं ।

यसैबीच, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भनेः “हामी हाम्रो टिमसँग डाबर जस्तो ब्रान्ड जोडिनुमा अत्यन्तै खुशी छौं । यस सम्झौताले टोलीमा अझ बढी ऊर्जा र उत्साह थपेको छ ।”

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।