एनएमबि बैंकको १६.२ प्रतिशत लाभांश अनुमोदन

0
Shares

एनएमबि बैंक (NMB) को १६.२० प्रतिशत लाभांश पारित भएको छ ।

बैंकको बुधबार सम्पनन २५ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

उक्त सभाले बैंकले अधिकृत पूँजी १६ अर्बबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।  बैंकले समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सभा सम्पन्न गरेको हो ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत सञ्चालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।