गुडविल फाइनान्सको १२% लाभांश पारित, नगद लाभांश आजै वितरण

0
Shares

गुडविल फाइनान्स (GFCL) को २६ औ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ८.४ प्रतिशत बोनस शेयर तथा ३.६ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

फाइनान्स कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःको अध्यक्षमा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा बुधबार विद्युतीय माध्यमबाट सम्पन्न भएको वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

साधारण सभाले पारित गरेको ३.६ प्रतिशतले हुन आउने नगद लाभांश आजै शेयरधनीहरुको खातामा पठाइएको फाइनान्सले जनाएको छ ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का बाबजुत लगानीकर्ताहरुलाई गत वर्ष भन्दा बढी प्रतिपफल दिन सकेको बताए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी ८ अर्ब ४९ करोड ३९ लाख ९८ हजार ७१७ रुपैयाँ तथा कर्जा तर्फ १५.८८ प्रतिशतले वृद्धि गरी ६ अर्ब ८४ करोड ०५ लाख ४५ हजार ५०४ रुपैयाँ पु¥याएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।