मंसिर ७ गतेदेखि पहिलो चरणको आइपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर


काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १० अर्ब रुपैयाँ बराबरकाको २० प्रतिशतले आउने २ करोड कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ दरले निष्काशनका लागि अनुमति पाएको थियो ।

जस अनुसार कम्पनीले पहिलो चरणमा १ करोड कित्ता शेयर स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता सेयर वैदेशीक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता कित्तासम्म आवेदन दिन सकिनेछ ।

जसमा आयोजना प्रभावित क्षेत्रका स्थानियले छिटोमा मंसिर २१ र सो अवधीमा आवेदन अनुसारको माग पुरा नभएमा ढिलोमा पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारमा रहेका नेपालीले छिटोमा मंसिर १० र ढिलामा मंसिर २१ गनेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।