
सेन्ट्रल फाइनान्स (CEFL) ले २४ औँ साधारण सभा आह्वान गरेको छ ।
फाइनान्सको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले माघ २३ गते शुक्रबार फाइनान्सको कार्यालय कुपण्डोल ललिपुरमा सभा डाकेको हो
कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे देखि सुरु गरिने फाइनान्सले जनाएको छ ।
सभामा ७ प्रतिशतले हुने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० बोनश शेयर र ३ प्रतिशतले हुने २ करोड ४७ लाख १ हजार ९३५ पैसा ७७ नगद लाभांश जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
बोनश शेयर तथा नगद प्रयाजनका लागि फाइनान्सले माघ १२ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार माघ ११ गते सम्म नेप्सेमा कोरोबार भई कायम शेयरधनीले लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया