काठमाडौँ । यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल निजी लिमिटेडको एकाधिकारमा रहेको “ईकोप्यानल” ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिँदै महत्वपूर्ण निर्णय सुनाएको छ। कम्पनीले विपक्षी इको प्यानल नेपाल निजी लिमिटेडविरुद्ध दायर गरेको उजुरीका आधारमा विभागले पहिलोपटक मिति २०७९ कै साउन ११ गते तथा दोस्रोपटक २०८० कै कार्तिक २० गते सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो।
उक्त मुद्दामाथि विस्तृत अध्ययन तथा मूल्यांकन गरी उद्योग विभागले मिति २०८२ को असार ३० गते “ईकोप्यानल” ट्रेडमार्क यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल निजी लिमिटेडकै एकल स्वामित्व तथा हकभोगमा रहने गरी अन्तिम निर्णय प्रदान गरेको छ।
अन्तरकालीन आदेशको प्रभावकारी कार्यान्वयनका लागि विभागले २०८२ को असोज १ गते जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं तथा विपक्षी कम्पनीलाई पत्राचार गरिसकेको छ।
यसप्रति विभागका आदेश तथा निर्णयको पूर्ण पालना गर्दै कम्पनीको स्वामित्वमा रहेको सो ट्रेडमार्कको नक्कल, दुरुपयोग वा कुनै पनि माध्यमबाट उत्पादन, प्रचार–प्रसार, बिक्री तथा वितरणजस्ता गतिविधि नगर्न–नगराउन सम्पूर्ण सम्बन्धित पक्षलाई सार्वजनिक रूपमा जानकारी गराइन्छ ।












प्रतिक्रिया