सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) १०.३५८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।