काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
यसरी बाँडफाँड गर्दा बाँकी रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँड गरिएको छ। जसअनुसार ६ जना लगानीकर्ताले कम्पनीको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता शेयरका लागि आवेदन गरेको थियो। सोमध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।












प्रतिक्रिया