सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य राखे नीतिगत कडाई हुुन नसक्दा अझैपनि मुलुककम चार स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न नसकेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुबिभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडामा वाणिज्य बैंकको शाखा पुग्न नसकेको हो ।
केन्द्रीय बैंकले २०७६ असारभित्र सबै स्थानीय तहमा बैंकका शाखा विस्तार गरिसक्नु पर्ने बताएको थियो । तर विभिन्न कारणले चालू आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ अनुसार देशभरका चार गाउँपालिकामा अझै वाणिज्य बैंक पुग्न नसकेको हो ।
भौगोलिक विकटता र प्रविधिको सहज पहुँच नभएका कारण ७५३ वटा स्थानीय तहमध्ये ७४९ वटा स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा विस्तार भएको छ । २०७६ मंसिरसम्म ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
- कहाँ कति छन् शाखा ?
राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश १ र २ का स्थानीय तहमा सबैभन्दा धेरै वाणिज्य बैंकका शाखा पुगेका छन् । दुबै प्रदेशका समान १३६ स्थानीय तहमा बैंकका शाखा खुलिसकेका छन्।
वाग्मती प्रदेशका ११८, गण्डकीका ८५, लुम्बिनीका १०९, कर्णालीका ७८ र सुदूर पश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुला भएका छन्।
हालसम्म प्रदेश १, वाग्मती, कर्णाली र सुदूर पश्चिमका एक÷एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया